नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ स्थित राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन सुरु भएको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज मध्याह्न १२ः०० बजेदेखि अखण्ड कीर्तन सुरु भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिमलाल सापकोटाका अनुसार विगतदेखि नै अखण्ड कीर्तन हुँदै आएको र त्यसलाई यो वर्ष पनि निरन्तरता दिइएको हो।
धर्मसंस्कृति संरक्षण र प्रवर्द्धन गर्न बर्सेनि जन्माष्टमीमा अखण्ड कीर्तन हुँदै आएको छ ।





























प्रतिक्रिया