काठमाडौँ
नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १० औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । "/>

नेपाली फुटबल टोली आइतबार ढाका जाँदै

नेपाली फुटबल टोली आइतबार ढाका जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १० औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेश सहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपाल सहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’ मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् ।

नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् । प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । रासस

Logo