तपाई हामीले कहिले काँही र कतिपय अवस्थामा नियमित रुपमै खाएका र खाने रहर गरेर राखेका केही खानेकुराहरुलाई बिभिन्न देशमा खान, बिक्रि गर्न प्रतिबन्ध रहेको समेत रहेको छ । "/>

विभिन्न मुलुकमा प्रतिबन्धित भएका खानेकुराहरु (भिडियो)

विभिन्न मुलुकमा प्रतिबन्धित भएका खानेकुराहरु (भिडियो)

केन्द्रबिन्दु
0
Shares

तपाई हामीले कहिले काँही र कतिपय अवस्थामा नियमित रुपमै खाएका र खाने रहर गरेर राखेका केही खानेकुराहरुलाई बिभिन्न देशमा खान, बिक्रि गर्न प्रतिबन्ध रहेको समेत रहेको छ ।

आज केन्द्रबिन्दु टेलिभिजनले बिश्वका बिभिन्न देशका लोकप्रिय रहेका खानेकुराहरु जसलाई अन्य देशले भने प्रतिबन्ध लगाएका छन् । हो त्यस्ता किसिमका खानेकुराहरुको चर्चा गर्ने छौं । यसरी प्रतिबन्ध लगाएका खानेकुरामा चकलेट देखि फलफुलसम्म रहेका छन् भने कतिपय तयारी खाना देखि दुग्ध पदार्थ समेत रहेका छन् ।

काभियर:
क्यास्पियन समुन्द्रमा पाईने बेलुगा जातको माछाको अण्डालाई अहिले बिश्वमा धनाढ्यहरुले रहरको खानेकुराको रुपमा राख्ने गरेका छन् । खानाको रुपमा भन्दा पनि स्वादको रुपमा खाने काभियर बिश्वमै दुर्लभ जनावरको रुपमा रहेको बेलुगा माछावाट झिक्ने हुनाले यो आफैंमा बहुमुल्य खानेकुराको रुपमा रहेको छ ।

अण्डाका लागि बेलुगा माछाको अन्धधुन्ध रुपमा सिकार गर्न थालेपछि अमेरिकाले सन् २००५ देखि काभियरको आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले क्यास्पियन समुन्द्रमा ब्यवस्थित रुपमा पालन गरेर अण्डा उत्पादन थालेपछि भने नियममा केही खुकुलो गरिएको छ ।

हागिस:
हागिस स्कटल्याण्डको लोकप्रिय परिकार मानिन्छ । स्कटल्याण्ड गएका ब्यक्तिले हागिस खाएन भने उसको यात्रा नै अधुरो समेत मानिन्छ । स्कटल्याण्डमा यो परिकार भेडाको कलेजो, फोक्सो र मुटुलाई लसुन, प्याज, मरिच, नुन हालेर भेडाकै पेटमा पकाउने गरिन्छ । यो परिकारलाई अमेरिकाको कृषि बिभागले पछिल्लो ५० बर्ष देखि मानव स्वास्थलाई भेडाको फोक्सो हानीकारक मानेर आयात र खानलाई प्रतिबन्ध लगाएको छ ।

काँचो दुध:
काँचो दुधको सेवन बिश्वका धेरै देशहरुमा हुने गरेको छ । हाम्रो नेपालमा मात्र होईन युरोपका धेरै देशहरुमा काँचो दुध सेवन गर्ने चलन नै रहेको छ । तर अमेरिकाको २० राज्य र क्यानाडामा काँचो दुधको सेवन र बिक्रि वितरणलाई प्रतिबन्ध लगाएको छ । काँचो दुधवाट बिभिन्न किसिमका रोगहरु मानिसमा सर्छ भनेर उक्त प्रतिबन्ध लगाईएको हो ।

जेलि स्विट्स:
बालबालिकाको प्रिय खानेकुराको रुपमा जेलि स्विट्स रहेको छ । जेलि स्विट्सलाई आकर्षक र स्वादिलो बनाउन कोन्जाक भन्ने पदार्थको प्रयोग गरिएको हुन्छ । यो पदार्थले जेलिलाई सजिलै पग्लिन दिदैन भने चपाउदा अड्किने किसिमको पनि हुन्छ ।

बालबालिकाले अझ कप आकारको जेलि खादाँ घाँटीमा अड्काएर धेरै दुर्घटनाहरु समेत भएको छ । त्यसैले युरोपियन युनियन, अष्ट्रेलिया लगायत अन्य देशहरुले पनि जेलि स्विट्सलाई आयात र बिक्रिमा प्रतिबन्ध लगाएको छ ।

फोगी ग्रास:
फ्रेन्च परिकारको रुपमा रहेको फोगी ग्रास फ्रान्समा निकै लोकप्रिय रहेको छ । यो परिकारको निर्माण गर्नका लागि जनावरहरुले पाउने यातनाका कारण केही देशहरुले यो परिकारलाई प्रतिबन्ध लगाएको छ । यो परिकार हाँसको बोसो भएको कलेजोवाट तयार हुन्छ । हाँसको कलेजोमा बोसोको मात्रा बढाउन पाईप लगाएर भएपनि खानेकुरा हालिन्छ । अत्याधिक खानाको कारण कलेजोमा बोसो बढ्दै जान्छ । यो क्रम तब रोकिन्छ जब हाँसको कलेजो सामान्य अवस्थाको भन्दा १० गुणा ठुलो हुदैंन । यही कारणले गर्दा यो परिकारलाई पशु अधिकारवादीको बिरोधका कारण अन्यत्र खानका लागि प्रतिबन्धित अवस्थामा रहेको छ ।

देसी बदाम:
मस्तिष्कको क्षमता बढाउने देखि सौन्दर्य बढाउने काममा देसी बदाम निकै लोकप्रिय रहेको छ । अमेरिकाले भने काँचो देसी बदामलाई आफ्नो देशमा आयात गर्न भने प्रतिबन्ध लगाएको छ । काँचो देसि बदामको सेवनले पखाला लाग्ने, पेटको समस्या हुने र ज्वरो आउने हुनाले अमेरिकाले आयातमा प्रतिबन्ध लगाएको हो । जसको कारण त्यहाँ पाईने देसी बदाम पास्चराईज गरेको मात्र पाईन्छ ।

चुईङ गम:
चुईङ गमको सेवनले दाँत सफा हुने, बंगरा बलियो हुने आदी ईत्यादी जे जस्तो किसिमको फाइदा बताएपनि सिंगापुरमा चुईङ गम प्रतिबन्धित रहेको छ । सन् १९९२ मा सार्वजनिक स्थानमा चुईङ गम खान प्रतिबन्ध लगाएको सिंगापुरले सन् २००४ देखि अझ कडा कानून ल्याएर आयातमै समेत प्रतिबन्ध लगाएको छ ।

ओर्टोलान:
भँगेरा भन्दा सानो जातको चराको रुपमा रहेको ओर्टोलान हाम्रो देशको तराई क्षेत्रमा सेवन गरिने बगेडी चरा जस्तै किसिमको रहेको हुन्छ । फ्रान्समा यो चराको मासुलाई नेपालमा बगेडी जस्तै स्वादिलो मानेर खाने गरिन्थ्यो । स्वादको कारण चराको माग बढ्दै गएपछि यो चरा लोपोन्मुख हुन थाल्यो । यसको संरक्षणका लागि यूरोपियन युनियनले यो चराको मासु खान नै प्रतिबन्ध लगायो ।

फुगु:
ब्लोफिस वा फुगुलाई बिषालु माछा मानिन्छ । यो माछाको परिकार जापान र दक्षिण कोरियामा निकै स्वादिलो मानेर खाने चलन पनि रहेको छ । यो माछाको शरीरमा न्यूरोटक्सिनको मात्रा अत्याधि हुने गर्छ । यदी राम्रोसंग पकाएर खान जानेन भने यो माछा खाँदा खाने मान्छेको मृत्यु समेत हुन सक्छ । जापानमा यो माछा पकाउन जान्ने बिशेष सेफले पकाएको मात्र खाने चलन रहेको छ । यो माछालाई यूरोपका धेरै देशहरुले आयात र सेवनमा प्रतिबन्ध लगाएका छन् ।

कासु मार्जु:
इटालीको सर्वाधिक ठुलो टापुको रुपमा रहेको सर्दिनियामा पाईने कासु मार्जु चिजलाई बिश्वका धेरै देशमा खानलाई प्रतिबन्ध लगाईएको छ । इटालीमा पाईने एक प्रकारको लोकप्रिय चिज पेकोरिनोमा झिंगाको लार्भाहरुलाई राखेर बन्द गरिन्छ ।

उक्त लार्भाहरुले उक्त चिज खाँदै दिशामा निकाल्न थाल्छ केही समयमा सबै चिज परिवर्तन भएर झिंगाको लार्भाले गरेको दिशामा परिणत हुन्छ । उक्त चिजलाई ईटालीको केही ब्यक्तिहरुले निकै स्वादिलो मानेर खाने गर्छन् । झिंगाबाट रोगहरु सर्ने हुनाले यो चिजलाई धेरै मुलुकहरुले सेवनमा प्रतिबन्ध लगाएको छ ।

किंडर सरप्राईज:
किंडर सरप्राईज चकलेट नेपालका शहरी क्षेत्रका बालबालिकाहरुमा निकै नै लोकप्रिय रहेको छ । यो चकलेटलाई भने अमेरिकाका बालबालिकाले अन्य देशमा घुम्न गएको बेला मात्र खान पाउछन् । अण्डाको आकारमा आउने यो चकलेटको एउटा भागमा चकलेट र अर्को भागमा ससाना खेलौनाहरु रहेका हुन्छन् । अमेरिकाको खाद्य तथा औषध विभागले साना खेलौनाहरुले बालबालिकाहरुमा दुर्घटना निम्त्याउन सक्ने भएको कारण प्रतिबन्ध लगाएको छ ।

केचप:
चाउमिन, फ्राई राईस, मो:मो: लगायत धेरै खानेकुराहरुलाई थप स्वादिलो बनाउने यो चलपटे परिकार नेपालमा पनि लोकप्रिय रहेको छ । केचपको निर्माणमा प्रयोग हुने बिभिन्न रासायनिक मसलाको कारण यो परिकारलाई केही देशहरुले प्रतिबन्ध नै लगाएको छ ।

फ्रान्सले बालबालिकामा यसको प्रयोग बढ्न थालेपछि उनीहरुको खानामा केचपलाई राख्न नै प्रतिबन्ध लगाएको थियो । सोही बेला फ्रान्सका धेरै रेष्टुरेन्टहरुले पनि केचपलाई आफुले समावेश नगर्ने जनाएका थिए । टोम्याटो केचपमा मल्टिनेसनल कम्पनीको रुपमा रहेको हेन्जको केचपमा गोलभेडाको मात्रा ज्यादै नै न्यून देखिएपछि इजरायलले हेन्जको केचपलाई प्रतिबन्ध लगाएको थियो ।

म्याके एण्ड चिज:
खाजाको रुपमा निकै रुचाईने म्याके एण्ड चिज हाम्रो देशमा पाईने पास्ता जस्तो आकारमा रहेको हुन्छ । तर म्याके एण्ड चिजमा प्रयोग हुने पहेंलो रंग खानलाई अयोग्य पदार्थको प्रयोग गरेर तयार पारिएको हुने गरेको पुष्टि भएपछि यो परिकारलाई पनि नर्वे र अष्ट्रियामा प्रतिबन्ध लगाइएको छ ।

आरु बखडा:
आरु बखडा भन्ने बित्तिकै धेरैको मुख रसायो होला । गुलियो र महको स्वादमा आउने यो फललाई अमेरिकाले अन्य कारणले भन्दा पनि ब्यापारको निहुँमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले ब्यापार संझौतालाई आधार बनाएर फ्रान्सवाट आरु बखडालाई आयात गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध खुला हुने आश राखिएपनि अझैंसम्म यो बिषयमा कुनै निर्णय हुन सकेको छैन ।

इरिन ब्रु:
स्कटल्याण्डमा निर्माण भएको इरिन ब्रुलाई ह्याङओभर हटाउने पेय पदार्थको रुपमा मानिन्छ । यो पेय पदार्थमा अत्याधिक केमिकलको मात्रा रहेको जनाउदैं क्यानाडाले सन् २०१४ देखि आयात र बिक्रि वितरणमा प्रतिबन्ध लगाएको छ ।

कफी:
अहिलेको सर्वाधिक प्रिय पेयको रुपमा रहेको कफिलाई क्याथोलिक चर्चले १६ औं शताब्दिमा यूरोपमा पिउन प्रतिबन्ध लगाएको थियो । सन् १६७५ मा ईंङल्याण्डका राजा चाल्र्स द्धितियले कफि सपमा बसेर देशको बिरुद्ध षडयन्त्र गर्न बिभिन्न मिटिङहरु हुने देखिएपछि यो नियमलाई अझ कडाई गरेका थिए ।

केबाब:
ईटाली आफैंमा खानाका लागि समृद्ध मुलुकको रुपमा पर्छ । उसका खानाहरु बिश्वभरमा रेष्टुरेन्ट, हेटेल र घरहरुमा पाक्ने गर्छ । इटालीको फ्लोरेन्सका गर्भनरले उक्त शहरलाई युनेस्कोले बिश्वसम्पदा सूचीमा राखेपछि त्यहाँका सरकारी अधिकारीहरुले त्यहाँ बिदेशी खानाहरु जस्ता बर्गर, डिप फ्राई गरेका खानेकुरा भन्दा ईटालियन खानेकुरा बिक्रि गर्न लगाएका थिए । सरकारी अधिकारीहरुको यो निर्णय आएपछि स्थानिय पत्रपत्रिकाहरुले फ्लोरेन्स ब्याण्ड्स केबाब भनेर हेडलाईन राखेका थिए ।

आँप:
फलको राजा मानिने आँप पनि प्रतिबन्धमा पर्छ भन्ने कुरा कसैले सोच्न सक्दैनन् । सन् २०१४ मा यूरोपियन युनियनले यस्तै किसिमको निर्णय गर्यो । भारतवाट आयात गरिने अल्फन्सो जातको आँपमा फलमा लाग्ने एक प्रकारको झिंगा आँपसंगै आउने जनाउदैं उक्त आँपलाई यूरोपमा निर्यात गर्न प्रतिबन्ध लगाएको थियो ।

राँयोको दाना:
सिंगापुरमा चुईङ गम मात्र आयात गर्न प्रतिबन्ध रहेको छ भन्ने कुरा माथिको बिषयबस्तुले थाहा पाउनु भयो होला । तर सिंगापुरमा रायोको दानालाई पनि प्रतिबन्ध लगाईएको छ । रायोको दानामा बिभिन्न पदार्थ हुने र उक्त दानावाट नशालु पदार्थको निर्माण हुने देखिएको कारण प्रतिबन्ध लगाईएको हो ।

मसलाको रुपमा प्रयोग हुने यो दानालाई सिंगापुरको स्वास्थ र बिज्ञान विभागले अनुमति दिएको खण्डमा मात्र आयात गर्न सकिन्छ । सामान्य रुपमा खानपानको रुपमा प्रयोग हुने केही खानेकुराहरुलाई हामीले आजको यो भिडियो प्रस्तुतिमा प्रस्तुत गर्न सफल भयौ । तपाईलाई यो भिडियो कस्तो लाग्यो । कृपया प्रतिक्रिया पनि दिनुहोला हैं ।

 

 

Logo