बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सम्मलेन सकिए लगतै स्वदेश फर्किएका छन् । उनी दिउँसो १ बजेको उडानबाट ढाका प्रस्थान गरेकी हुन्। "/>

बंगलादेशकी प्रधानमन्त्री र म्यानमारका राष्ट्रपति स्वदेश प्रस्थान

बंगलादेशकी प्रधानमन्त्री र म्यानमारका राष्ट्रपति स्वदेश प्रस्थान

केन्द्रबिन्दु
0
Shares

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सम्मलेन सकिए लगतै स्वदेश फर्किएका छन् । उनी दिउँसो १ बजेको उडानबाट ढाका प्रस्थान गरेकी हुन्। उनलाई उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरे। सम्मेलनका लागि उनी बिहिबार काठमाडौं आएकी थिइन्।

त्यस्तै सम्मेलनमा आएका म्यानमारका राष्ट्रपति विन मिन्ट स्वदेश फर्किएका छन्। राष्ट्रपति मिन्टलाई पनि उपप्रधान एवम् रक्षा ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो बिदाई गरेका छन्। राष्ट्रपति विन मिन्ट बुधबार नेपाल आएर लुम्बिनीको भ्रमण गरेका थिए ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजै बेलुका स्वदेश फर्किने कार्यतालिका छ ।

Logo