सरकारको शुन्य लगानी रहेको प्याराग्लाडिङले एशियाडमा रजत पदक दिलाएपछि राष्ट्रिय खेलकुद परिषदले खुशी मनाइरहेको छ । सर्वसाधारणले  भने सरकार खेलाडीको वाहवाही गर्दै सरकारलाई गिज्याईरहेका छन् । "/>

एशियाड: प्याराग्लाइडिङका खेलाडीलाई जनही ५ लाखसहित नगर परिक्रमा

एशियाड: प्याराग्लाइडिङका खेलाडीलाई जनही ५ लाखसहित नगर परिक्रमा

केन्द्रबिन्दु
0
Shares

सरकारको शुन्य लगानी रहेको प्याराग्लाडिङले एशियाडमा रजत पदक दिलाएपछि राष्ट्रिय खेलकुद परिषदले खुशी मनाइरहेको छ । सर्वसाधारणले  भने सरकार खेलाडीको वाहवाही गर्दै सरकारलाई गिज्याईरहेका छन् ।

यसै बीच २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाखसहित सम्मान गर्ने भएको छ । परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको हो । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ ।

परिषदले खेलाडीलाई ५ लाख, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ । प्याराग्लाडिङमा नेपालले एशियाडमा पहिलो पटक सहभागिता जनाएको हो ।

Logo