वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित रहेका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । केही समययता उनी थला परेका थिए । उनको आजै देवघाटमा दाहसंस्कारको तयारी गरिएको छ ।

नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।

नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।

उनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

Skip This
Skip This
Logo