दुर्गा प्रसाईंले भने- अब दल गठन गर्ने निश्चय गरेको छु

दुर्गा प्रसाईंले भने- अब दल गठन गर्ने निश्चय गरेको छु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने ।

Skip This
Skip This
Logo