काठमाडौं । विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेश भएको छ ।
समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा नमिलेका विषयमा भाषा मिलाएर आज बसेको समिति बैठकमा प्रतिवेदन पेश गरिएकाे हाे । शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालय बसेर प्रतिवेदन तयार पारिएकाे हाे ।
निजी विद्यालयकाे पूर्ण छात्रवृत्तिबारे विवाद भएकाे थियाे । त्यसमा छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।





























प्रतिक्रिया