काठमाडौं । सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् ।
तर, उपसभामुखलार्ई पदबाट हटाउनका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य मध्ये दुईतिहाइ बहुमत आवश्यक पर्दछ ।
हाल बहाल रहेको २७४ को दुई १८३ जना सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद जोड्दा १८३ पुग्छ । दुई तिहाई पुग्नको लागी ९ जना सांसद आवश्यक पर्दछ ।
जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् । जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।





























प्रतिक्रिया