काठमाडौँ
एसिया कप छनोट प्रतियोगिता अन्र्तगत अहिले यूएई विरुद्धको खेलमा नेपालले २ वटा सफलता पाएको छ । १३ औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले १ वीकेट लिए । आक्राकम इनिङ खेलिरहेका असफाक अहमद आउट भए । असफाकले ४१ बलमा ४५ रन जोडेका थिए ।
त्यसैगरि १४ औं ओभरको पहिलो बलमा सन्दीपले यूएईका कप्तान रोहन मुस्तफालाई आउट गराएका छन् । यससँगै यूएईको २ वीकेट गुमेको छ ।
ओमानसँगको हिजोको पहिलो खेलमा ७ विकेटले पराजित भएपछि नेपाली टोली जित्नैपर्ने दबाबमा आज यूएईसँग प्रतिश्पर्धा गरिरहेको छ ।
नेपाल विरुद्धको खेलमा यूएईले ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले जारी खेलमा १६ ओभरमा २ विकेटको क्षतिमा ९१ रन बनाएको छ । खेल जारी छ ।































प्रतिक्रिया