काठमाडौँ

विप्लव नेतृत्वको नेकपाले सरकारसँग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसँग बार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै बार्तामा नवस्ने अडान राखेको हो । "/>

नेता – कार्यकर्ता धमाधम पक्राउ परेपछि सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा !

नेता – कार्यकर्ता धमाधम पक्राउ परेपछि सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विप्लव नेतृत्वको नेकपाले सरकारसँग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसँग बार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै बार्तामा नवस्ने अडान राखेको हो । आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिब नेत्रबिक्रम चन्द ‘विप्लव’द्वारा जारी गरेको बिज्ञप्तीमा भनिएको छ– ‘सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो । ’

बार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जनाएको छ । पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ ।

केहि दिन अघि सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेको एक जना सहसचिव सदस्य रहेका छन् । यसैबीच पार्टीका प्रवक्ता प्रकाण्डलाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo