काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुलाई बिहीबार दिवाभोजको आयोजना गरेकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न साँढे बाह्र बजे राष्ट्रपति भण्डारीले दिवाभोजको आयोजना गरेकी हुन् ।
राष्ट्रपति भण्डारीसँग म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार साँझ भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो । मिन्ट मंगलबार काठमाडौं आएका हुन् । बिहीबार र शुक्रबार हुने सम्मेलनमा भाग लिन केही देशका उच्च पदस्थ प्रतिनिधि आइसकेका छन् भने केही देशका उच्च पदस्थ अधिकारी बिहीबार बिहान सम्म आइपुग्ने कार्यक्रम छ ।
यसैबीच भुटानका अन्तरिम सरकार प्रमुख ल्योन्पो छिरिङ वाङचुकले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार बिहान काठमाडौं आइपुगेका वाङचुकले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । भेटमा प्रधानमन्त्री ओलीले भुटानमा हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नागरिकबाट































प्रतिक्रिया