गीतकार नारायण खतिवडाको ‘तीज बरि लै’ गीत सार्वजनिक, संस्कृति संरक्षणमा जाेड

गीतकार नारायण खतिवडाको ‘तीज बरि लै’ गीत सार्वजनिक, संस्कृति संरक्षणमा जाेड

केन्द्रबिन्दु
117
Shares

काठमाडाैं । चर्चित गीतकार नारायण खतिवडाले नेपाली तीज पर्वको रौनकलाई थप उज्यालो बनाउने गरी नयाँ तीज गीत ‘बरि लै’ सार्वजनिक भएकाे छ ।

फरक प्रस्तुतीकरण समेटिएको यस गीतले परम्परागत र आधुनिक सङ्गीतको सुन्दर संयोजनका साथ तीजको उत्साह र उमङ्गलाई जीवन्त बनाएको छ।

यो गीतको रचना नारायण खतिवडाले गरेका छन् भने सङ्गीत संयोजन र कम्पोज मनोज साङ्सनले गरेका छन्। गीतमा पुरुष स्वरमा मनोज साङ्सन र सुरेश राईले जीवन्तता थपेका छन् ।

गीतको रेकर्डिङ मनोज साङ्सन र सुरेश राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मेवारी राजु कार्कीले सम्हालेका छन्।

तीज पर्वको परम्परागत भावनालाई समेट्दै नारीको सौन्दर्य, एकता र उत्साहलाई उजागर गरेको छ । गीतमा तीजको रमाइलो, नाचगान र प्रेमको भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। यो गीतले परम्परागत तीज गीतको शैलीलाई कायम राख्दै आधुनिक सङ्गीतको मिश्रणले नयाँ पुस्तालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

भिडियो निर्देशन गीतकार खतिवडा स्वयंको रहेको छ ।

Skip This
Skip This
Logo