जो ५५ घण्टादेखि लगातार बोलिरहेछन्, बिश्व रेकर्डको लक्ष्य

जो ५५ घण्टादेखि लगातार बोलिरहेछन्, बिश्व रेकर्डको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५५ घण्टादेखि बोलीरहेका छन् । 

केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । 

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका उनले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणीकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालीमसमेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । अहिले भारत केरलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकर्ड्समा छ ।

Logo