उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ मा ‘एतिहासिक टिष्टुङ् हाम्रो पहिचान, समृद्ध टिष्टुङ् हाम्रो अभियान’ भन्ने नारासहित टिष्टुङ् महोत्सब आयोजना हुने भएको छ । बज्रबाराही बजार ब्यबस्थापन समिति र नहु द भिन्तुना मूल समारोह समितिको आयोजनामा ४ दिने महोत्सब आयोजना गर्न लागिएको हो ।
महोत्सब ब्यबस्थापनका लागि इन्द्र श्रेष्ठको अध्यक्षतामा ‘टिष्टुङ् महोत्सब मूल समारोह समिति’ गठन गरिएको छ । महोत्सब आगामी असोज २४ देखि २७ गतेसम्म आयोजना हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । टिष्टुङ्को एतिहासिक तथा पर्यावरणीय महत्व र स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्ने उद्देश्यसहित महोत्सब आयोजना गर्न लागेको श्रेष्ठको भनाई छ ।
महोत्सबमा दैनिक रुपमा सास्कृतिक कार्यक्रम हुनुका साथै स्थानीय उत्पादनहरुको बिक्रि वितरण गरिनेछ । महोत्सबमा करिब १ लाख जनाले सहभागिता जनाउने आयोजकले अपेक्षा राखेको छ । टिष्टुङ् इतिहास बोकेको लघु उपत्यका हो ।































प्रतिक्रिया