काठमाडौं
एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले ओमानविरुद्ध खेलीरहेको छ । जारी खेलमा नेपालले ३ विकेट गुमाएको छ ।
नवौं ओभरको पहिलो बलमै ४ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका सुवास खकुरेल रनआउट भए । लगत्तै १५ औं ओभरको खेल चल्दै गर्दा कप्तान पारस खड्का पनि आउट भए । त्यसैगरि १७ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएका छन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सकारात्मक सुरुवात गरे पनि खेलको २१.१ ओभरमा ३ विकेटको क्षतिमा ७८ रन जोडेको छ । खेल जारी छ ।





























प्रतिक्रिया