रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै अध्यक्ष प्रचण्ड

रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

अध्यक्ष प्रचण्ड आज बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु पुग्ने उनको सचिवालयले जानकारी दिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई केही दिनअघि मात्रै रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरिएको हाे । यसअघि पटक-पटकको आग्रहका बावजुत पनि काठमाडाैं उपत्यकाका कारागारमा सरुवा नगरिएको लामिछानेलाई चाैतर्फी दबाबबीच लामिछानेलाई ल्याइएकाे हाे ।

Logo