काठमाडौं
विमस्टेक सम्मेलनलाई लक्षिथ गरि उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले आज देखि तीन दिन सम्म उपत्यकामा चल्ने सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
मंगलबार बसेको सुरक्षा महाशाखाको बैठकले जोर विजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजे देखि विहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ । त्यस्तै सुचना विभागको पास लिएका संचारकर्मीहरुलाई पनि यो नियम नलाग्ने बताइएको छ । विजोर गते विजोर नं र जोर गते जोर नंम्बर भएका सवारी साधन मात्र चल्न पाइने बताइएको छ । नियम अनुसार आज विजोर नंबर भएका सवारी साधन मात्र चलाउन पाइने छ ।
त्यसैगरि सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते ( भोली र पर्सि) काठमाडौ उपत्यकाका विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । विद्यालयलाई बिदा दिइए पनि सार्वजनिक विदा भने नदिइएको बताइएको छ ।





























प्रतिक्रिया