काठमाडौं

भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमान विरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दैछ । "/>

एसिया कप छनोटमा आज नेपालले ओमानको सामना गर्ने

एसिया कप छनोटमा आज नेपालले ओमानको सामना गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमान विरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दैछ ।

पाँच महिना अघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो । श्रीलंकामा नेपालले तीन वटै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपाल बाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन् ।

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नागरिकबाट

Skip This
Skip This
Logo