कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह बिष्टलाई काठमाडौं ल्याइएको छ । "/>

निर्मला काण्ड: आरोपित बिष्टलाई बिमानबाट काठमाडौँ ल्याइयो

निर्मला काण्ड: आरोपित बिष्टलाई बिमानबाट काठमाडौँ ल्याइयो

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह बिष्टलाई काठमाडौं ल्याइएको छ । स्वास्थ्य जाँचका लागि बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौँ ल्याइएको हो ।

उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जांच गरिनेछ भने र मानसिक अस्पताल पाटनमा पनि चेकजाँच हुनेछ । साथीको घरमा पढ्न गएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो

कञ्चनपुर प्रहरीले निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर स्थानीयले बिष्को मानसिक अबस्था ठिक नभएको भन्दै फसाउन खोजिएको आरोप लगाउदै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा एक बालकको ज्यान समेत गयो ।

यसै क्रममा गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले निर्मलाकी साथी रोशनी र बबिता बमलाई पनि पक्राउ गरेको छ । बिष्ट यसअघि पनि जेल बसेर आममाफी पाएका व्यक्ति हुन् ।

Skip This
Skip This
Logo