महेन्द्रनगर
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ । प्रशासन कार्यालयले पाँच दिन देखि लगाउँदै आएको कर्फ्यू आज विहान पाँच बजेबाट अर्को आदेश नभए सम्मका लागि हटाएको जनाएको हो ।
महेन्द्रनगरमा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ । कर्फ्यू हटाइएसँगै महेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ । मंगलबार विहानै देखि महेन्द्रनगर बजारमा मानिसको चहलपल देखिएको छ । स्कुल कलेजहरु खुलेका छन् भने सवारी साधन पनि चलेका छन् । बजार खुल्ने क्रम जारी छ ।
निर्मला पन्तको हत्यापछि आन्दोलन चर्किदा स्थानीय प्रशासनले सदरमुकाम वरपरको क्षेत्रमा शुक्रबारबाट कर्फ्यू जारी गर्दै आएको थियो । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्याको विरोधमा आन्दोलन उग्र बन्न थालेपछि कर्फ्यू लगाउन थालिएको थियो ।
सोही आन्दोलनका क्रममा आन्दोलनकारी माथि प्रहरीले गोली प्रहार गर्दा भिमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको आठ गते गोली लागेर मृत्यु भएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया