विराटनगर
प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नु पर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत माग गरेका छन् ।
करिब १० वटा गाडीमा विराटनगर ओर्लिएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नु पर्ने, बढ्दो महँगी रोक्नुपर्ने र मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न् ।
यसअघि किराँत राईहरुले प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किराँत मध्ये एक राख्ने बारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया