सरकारलाई पूर्व अर्थमन्त्रीको चेतावनी

सरकारलाई पूर्व अर्थमन्त्रीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेगरी कर बढाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेता महतले स्थानीय तहको आम्दानीको मुख्य स्रोतको रुपमा अनुदान सहायता बृद्धि गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले करलगायतका वित्तिय व्यवस्थापनका लागि वित्तीय आयोग गठन गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिए ।

करको दायरा बढाउने काम गरे मुलुकबाट लगानी बाहिरिने नेता महतको दावी छ । काँग्रेस नेता महतले स्थानीय तहको आयआर्जनका लागि स्थानीय स्तरमै उद्योग स्थापनामा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Logo