दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

केन्द्रबिन्दु
6
Shares

खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन्।

सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताएका हुन् ।

सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताए । उनले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिए । निकट भविष्यमै सङ्खुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo