कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै काठमाडौंको विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै शनिबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध ¥यालीसहितको प्रर्दशन र भृकुटीमण्डपमा प्रर्दशन गरिएको हो । प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फासी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।
सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ । त्यसक्रममा प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक पनि प्रस्तुत गरेका थिए ।










हेर्नुहोस् भिडियो रिपोर्ट






























प्रतिक्रिया