आन्दोलनकारीले सवारीसाधन तोडफोड गरेको त सुनिएकै हो । तर कञ्चनपुरमा शुक्रबार भएको भएको आन्दोलनमा प्रहरीले नै जबर्जस्ती एम्बुलेन्स र व्यक्तिको मोटरसाइकल तोडफोड गरेको भिडियो भाइरल भएको छ ।
प्रहरीले स्थानीयलाई कुटेको भिडियोमा देखिन्छ । भिडियोमा एम्वुलेन्सको सिसा फोडेको र प्रहरीले मोटरसाइकलमा तोडफोड गरेको देखिन्छ । यसै क्रममा प्रहरीले गोली चलाउँदा १४ वर्षिय शनि खुनाको ज्यान गएको थियो । प्रहरीले बिहिबार पनि गोली चलाएको थियो । आन्दोलनका क्रममा अहिलेसम्म २ दर्जन भन्दा बढी घाइते भएका छन् ।
१३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि स्थानीय आन्दोलित भएका हुन् । प्रहरीले गलत व्यक्तिलाई फसाएर अपराधीलाई जोगाउन खोजेको भन्दै स्थानीयले गरेको आन्दोलन प्रहरीले दबाउन खोजेपछि स्थानीय झन् उग्र बनेका छन् ।































प्रतिक्रिया