पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध

पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीस किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । 

शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र परेका यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक पुरिएको छ” उनले भने ।

आज बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको वडा नं ४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिए । उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।

Skip This
Skip This
Logo