प्रतिनिधिसभाले सबै खाले महिला हिंसा र बलात्कारविरुद्ध संकल्प प्रस्ताव पास गरेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेसहित २२ महिला सांसदहरुले दर्ता गरेको संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो।
उक्त संकल्प प्रस्ताव असार २१ गते दर्ता भए पनि आज मात्रै छलफल गरिएको हो। छलफलमा सहभागी सांसदहरुले बलात्कारमा संलग्नलाई आजिबन कैद र मृत्युदण्ड दिनुपर्ने धारणा राखे ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिलामाथि हुने कुनै पनि हिंसाविरुद्ध सरकार कडा रुपमा उत्रिने बताए ।































प्रतिक्रिया