इन्डोनेसियामा जारी १८ औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले फेरि पनि हार व्यहोरेको छ । यस अघि चाइनिज ताइपेईसँग ३-० ले पराजित नेपाली टिमले आज लगातार दोस्रो हार बेहोरेको हो ।
समूह डी अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पारजित भयो । कोरियाले नेपाललाई २५-१६, २५-१३, २५-१६ को स्कोरमा हरायो ।
यो हारसंगै नेपाल बाहिरिएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो ।
भलिबल राष्ट्रिय खेलसमेत हो ।





























प्रतिक्रिया