रूपन्देहीमा ७ बर्षीय नाबालिका बलात्कृत !

रूपन्देहीमा ७ बर्षीय नाबालिका बलात्कृत !

केन्द्रबिन्दु
0
Shares

रूपन्देहीमा सात बर्षीय एक नाबालिका बलात्कृत भएकी छिन् । रूपन्देहीको कञ्चन गाउँपालिका–३ धमिरातालकी ति नाबालिका घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएकी हुन् ।

उनलाई सोही स्थानका २० वर्षीय विकल पुनले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

करिब एक महिना अघि कन्चनपुरमा १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले गलत मान्छे पक्राउ गरेको  भन्दै स्थानीय आन्दोलनमा छन् ।  

Skip This
Skip This
Logo