निक्षेप तथा कर्जा सुरक्षण कोषमा अधिकृतदेखि सहायकसम्मका पदमा बिज्ञापन खुलेको छ । कोषले ११ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।
कोषले प्रशासनको प्रबन्धक सिएमा एक जना माग गरेको छ । यसका लागि स्नातक तह उत्तिर्ण गरी सिए, एसिसिए र सिपिएको परिक्षा उत्तिर्ण गरी संगठित संघ संस्थामा कम्तिमा ४ वर्षको कार्य अनुभव आवेदन दिन सक्नेछन् ।
त्यस्तै प्रशासनको नायव प्रबन्धकमा एक जना र अधिकृतमा एक जना कर्मचारी माग गरिएको छ । यसका लागि वाणिज्य, अर्थशास्त्र, वाणिज्य कानुन, सार्वजनिक प्रशासन, व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरी २ वा ३ वर्ष बैंक, वित्तिय संस्थामा अधिकृत तहमा सेवा गरेकाहरुले आवेदन दिन सक्ने छन् ।
यस्तै प्रशासनको सहायक अधिकृतमा ४ जना कर्मचारी माग गरिएको छ। यसका लागि वाणिज्यशास्त्र, अर्थशास्त्र, वाणिज्य कानुन, सार्वजनिक प्रशासन, व्यवस्थापन विषय लिई स्नातकोत्तर तह उत्तिर्ण वा सिए, एसिसिए र सिपिएउत्तिर्ण गरेकाले आवेदन दिन सक्ने छन् ।
तर कोषको सेवामा स्थायी रुपमा कार्यरत कर्मचारी सेवा विनियमावली, २०६३ स्वीकृति हुन पुर्व जुनसुकै विषयमा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन दिन सक्ने छन् ।
त्यसै गरी प्रशासनको प्रधान सहायकमा ३ जना मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरी न्यूनतम कम्प्युटरको तालिम लिएकाहरुले आवेदन दिन सक्ने छन् ।
यस्तै प्राविधिकको वरिष्ठ कम्प्युटर सहायकमा १ जना कर्मचारी माग गरिएको छ । यसका लागि नेपाल सरकारद्धारा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा डिप्लोमा तह उत्तिर्ण गरेको हुनु पर्नेछ ।
अधिकृत स्तरको लागि उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र यस्तै महिलाको हकमा उमेर ४० वर्ष ननाघेकोले हुनुपर्नेछ । इच्छुक उम्मेदवारले आगामी असोज ९ गतेभित्र निक्षेप तथा कर्जा सुरक्षण कोष, केन्द्रिय कार्यालय गहनापोखरीमा तोकिएको दस्तुर र कागजातसहित आवेदन दिनु पर्नेछ ।






























प्रतिक्रिया