ग्रेस इन्टरनेशनलद्वारा नेपालकै प्रमुख एजुकेसन फेयर ‘एडुभर्स २०२५’काे घोषणा

ग्रेस इन्टरनेशनलद्वारा नेपालकै प्रमुख एजुकेसन फेयर ‘एडुभर्स २०२५’काे घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । शिक्षा तथा माइग्रेसन सेवामा सन् २००७ देखि अग्रणी भूमिका निर्वाह गर्दै आएको ग्रेस इन्टरनेशनलले आफ्नो वार्षिक प्रमुख एजुकेसन फेयर “एडुभर्स २०२५” को घोषणा गरेको छ।

यो फेयर भदौ १३ देखि २८ गतेसम्म नेपालका ७ प्रमुख शहरहरू बागबजार, बुटवल, चितवन, बिराटनगर, इटहरी, पोखरा र बागलुङमा आयोजना हुनेछ। फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा र न्यूजिल्याण्डका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू प्रत्यक्ष उपस्थित हुनेछन्। सहभागी विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरहरूबारे प्रत्यक्ष जानकारी पाउनेछन्। फेयर प्रत्येक दिन बिहान १० बजे देखि ३ बजेसम्म सञ्चालन हुनेछ।

फेयरका प्रमुख आकर्षणहरू

विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरूसँग व्यक्तिगत एक-एक परामर्श सत्र
१०० प्रतिशतसम्म छात्रवृत्ति पाउने अवसर
अन द स्पट एड्मिसन सुविधा
निःशुल्क पात्रता र प्रोफाइल मूल्यांकन
सहभागीहरूका लागि अतिरिक्त लाभहरू:
सबैका लागि निःशुल्क प्रवेश
आईईएलटीएस/पिटीई कक्षामा ५० प्रतिशत छात्रवृत्ति
निःशुल्क अङ्ग्रेजी दक्षता मक टेस्ट भाैचर
सहभागीहरूलाई विशेष स्मृति सामग्री वितरण

यस अवसरमा, ग्रेस इन्टरनेशनल ग्रुपका सह-निर्देशक एन्ड्र्यू पौडेलले भने,
“ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्षमा २५,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक लक्ष्य हासिल गर्न मार्गदर्शन गर्दै आएको छ। एडुभर्स २०२५ ले नेपाली विद्यार्थी र अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर उपलब्ध गराउनेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय गर्न सहयोग पुर्‍याउनेछ।”

Logo