बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभी बन्यो सबैभन्दा तीव्र गतीमा गुड्ने कार

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभी बन्यो सबैभन्दा तीव्र गतीमा गुड्ने कार

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी)मा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ नयाँ ईभी रेकर्ड कायम गरेको छ ।

अगस्ट ८ माजर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले याङवाङको सबैभन्दा नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपर कार चलाएर विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रुपमा सो रेकर्ड कायम गरेका हुन् ।

यो भन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे ।

याङवाङ यु९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु९ मा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ ।

याङवाङ यु९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३०,००० आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ, जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छ ।

Logo