सल्यानको बनगाड खोलामा खोला पार गर्दै गर्दा आएको बाढीले माइक्रो बस बगाएको छ । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने यो खोलामा जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस बाढीले बगाउन थालेपछि यात्रुहरुले भने हाम फालेर ज्यान जोगाएका छन् ।
यात्रुको झोला सरसमान भने बाढीले वगाएको छ । बग्दै गएको उक्त माइक्रो बस ढुंगामा अड्किएको छ । यो खोलामा निर्माणधिन पक्की पुल यस अघि नै खोलाले वगाई सकेको छ ।
सो यो सडक खण्ड भएर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका दैनिक करिब २ हजारको संख्यामा मानिसहरु आवतजावत गर्ने गर्छन् ।





























प्रतिक्रिया