काठमाडौँ

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा मन्त्रालयका लागि विनियोजित बजेट मध्ये करिब १९ अर्ब भन्दा बढी रुपैयाँ खर्च गर्न सकेन । "/>

गत आवमा संघीय मन्त्रालयको १९ अर्ब रुपैयाँ फ्रिज

गत आवमा संघीय मन्त्रालयको १९ अर्ब रुपैयाँ फ्रिज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा मन्त्रालयका लागि विनियोजित बजेट मध्ये करिब १९ अर्ब भन्दा बढी रुपैयाँ खर्च गर्न सकेन । मन्त्रालयले प्रस्तुत गरेको विवरणमा मन्त्रालयले सञ्चालन गरेका कार्यक्रम मध्ये प्रायः सबै कार्यक्रमको बजेट पूर्ण रूपमा खर्च भएको छैन ।

मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार आव ०७४, ०७५ मा मन्त्रालयको लागि विनियोजित ७७ अर्ब ७९ करोड २० लाख २२ हजार रुपैयाँ रहेकोमा ५८ अर्ब ६५ करोड ३३ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आवमा ७५.०४ प्रतिशत वित्तीय प्रगति गरेको पनि उनले जानकारी गराए ।

गत आवमा मन्त्रालयले ३४ वटा कार्यक्रम सञ्चालन गरेको थियो । ती मध्ये निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्टयाएको रकम पूरै खर्च हसन सकेन । सो कार्यक्रमका लागि मन्त्रालयले गत आवमा करिब ५ अर्ब ६५ करोड रुपैयाँ छुट्टयाएको थियो । त्यसमध्ये शून्य दशमलव ७३ प्रतिशत मात्र खर्च भएको मन्त्रालयले जनाएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त गत आवमा छुट्टाएको रकम निवर्तमान सांसदले खर्च गर्न नपाएपछि फ्रिज भएको मन्त्रालयले जनाएको छ ।

गत मंसिरमा प्रतिनिधिसभाको चुनाव भएपछि निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्टयाएको रकम निवर्तमान सांसदले खर्च गर्ने कि नवनिर्वाचित सांसदले गर्ने भन्ने विवाद उत्पन्न भएको थियो । निवर्तमान सांसदले गत असोज सम्म आफूहरूले सिफारिस गरेका योजनालाई निरन्तरता दिनुपर्ने माग राखेका थिए । यसका लागि मन्त्रालयले करिब ५ अर्ब ६५ करोड अर्थ मन्त्रालयसँग माग गरेको थियो । तर पछि सरकारले नै यो निवर्तमान सांसदहरूलाई सो रकम खर्च गर्न रोकेको थियो ।
नागरिकबाट

Logo