बैतडी
बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिधुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।
उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्ष देखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएका छन् । बृद्धहरुको अवस्था हेर्दा केहिका छोराछोरी हुदैनन्, कसैका छोराछोरी भएपनि ख्याल खबर गर्दैनन् र यस्ता समस्यामा परेका ब्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले बिधुर भत्ता दिने निर्णय गरेका हौँ, उनले भनिन्, । ७० बर्ष पछि भने सरकारले नै बृद्ध भत्ता दिने भएकाले नगरपालिकाले दिने भत्ता कटौति गर्ने बताइन् । गत साउन महिना देखि लागु हुनेगरि बिधुर भत्ता बितरण गरिने ओझाले बताइन् ।
यतिबेला नगरपालिकाका ९ वटै वडामा एकल पुरुषको तथ्यांक संकलन भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए । मासिक १ हजारका दरले एकल पुरुषहरुलाई भत्ता दिइने र यसका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
राजधानीबाट































प्रतिक्रिया