काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्।
महरमाथि बझाङकै रश्मीला धामीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको आरोप लगाउँदै हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सोही जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएको खबरपछि बुधबारै महर साइबर ब्युरोमा हाजिर भएका थिए। त्यसपछि प्रहरीले पक्राउ गरेर बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगेको थियो।
तर, केही घण्टामै उनको बयान लिएर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो । महरविरुद्ध धामीले आफूमाथि अपशब्द र विभिन्न लाञ्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोस्ट गर्ने गरेको आरोप लगाएकी थिइन् ।





























प्रतिक्रिया