नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलियालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आज भएको पहिलो खेलमा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन जोडेको हो ।

नेपालका लागि भीम सार्कीले ३२ बलमा सर्वाधिक ३२ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरी १९ बलमा २६ रन तथा आरिफ शेखले १३ बलमा २२ रन बनाए ।

साउथ अस्ट्रेलियाको टोली अस्ट्रेलियन शेफिल्ड शिल्डको च्याम्पियन टोली हो । यस टोलीमा ट्राभिस हेड, एलेक्स क्यारी, स्पेन्सर जोनसोनजस्ता अस्ट्रेलियाका राष्ट्रिय खेलाडीहरू खेल्ने भएपनि आजको खेलमा भने उपलब्ध थिएनन् ।

पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ०९ः१५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ। यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो।

Logo