रुपन्देही -३ को उम्मेदवार छान्न रास्वपाले आज प्राइमरी इलेक्सन गर्दै, को-को छन् आकांक्षी ?

रुपन्देही -३ को उम्मेदवार छान्न रास्वपाले आज प्राइमरी इलेक्सन गर्दै, को-को छन् आकांक्षी ?

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज प्राइमरी इलेक्सन गर्दैछ ।

रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका छन् । उनीहरुमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन्। त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन्।

उनीहरूका बीचमा रास्वपाले यसअघि लिडरसिप एकेडेमीको अभ्यास गरिसकेकाे छ।

बिहीबारबाट प्राइमरी इलेक्सनको प्रक्रिया सुरू गर्न थालिएकाे हाे । यसमा मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन्। ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको छ । मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन्। मतदातालाई दिएको उम्मेदवार छनोटका विकल्पको १० औं नम्बरमा ‘कसैलाई पनि भोट हाल्दिनँ’ भन्ने पनि विकल्प राखिएको र यसलाई अभ्यासकै रूपमा अन्यत्र पनि प्रयोग गरिने बताइएकाे छ ।

मतदानका लागि बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ। त्यसैबाट एक उम्मेदवारकाे टुंगाे लगाएर रास्वपाले भदौ १५ गते उम्मेदवारको नाम सार्वजनिक गर्नेछ।

Skip This
Skip This
Logo