संवैधानिक परिषदको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि आज दिउसो ४ बजे बैठक बस्न लागेको हो । "/>

आज संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश र अख्तियार आयुक्त छानिंदै

आज संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश र अख्तियार आयुक्त छानिंदै

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषदको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि आज दिउसो ४ बजे बैठक बस्न लागेको हो ।

यस अघि सरकारले बोलाएको बैठक बिपक्षी दलका नेता शेरबहादुर देउवा विदेशमा रहेकाले स्थगन गरिएको थियो । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।

आजको बैठकले प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एक जनाको नाम सिफारिस गर्नेछ । राणाभन्दा मिश्र वरिष्ठ भएकाले उनको नाम सिफारिस हुने प्रबल सम्भावना छ ।

मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। एकै पटक सिफारिस भएका उनीहरुमध्ये मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् भने राणा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च आएका हुन्।

त्यस्तै अख्तियारको प्रमुख आयुक्त हाल कार्यवहाक प्रमुख आयुक्त नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन् ।

Skip This
Skip This
Logo