नेपाल ‘ए’ले आसामलाई दियो १७४ रनकाे लक्ष्य

नेपाल ‘ए’ले आसामलाई दियो १७४ रनकाे लक्ष्य

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपालको ‘ए’ टोलीले भारतको आसाम राज्यसामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । एसीए क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन जोडेको हो ।

नेपाल आज जित निकाल्दै पाँच खेलको मैत्रीपूर्ण सिरिजमा बराबरी गर्ने योजनामा छ । बिहीबार भएको पहिलो खेलमा नेपाल आसामसँग डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो ।

Logo