माओवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

माओवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् ।

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए ।

उनले भने,‘हामीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज यहाँ धर्ना दिएका हौं । हामीले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका थियौं । आज यहाँ धर्ना दिएका छौं ।’

उनले सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले दबाव दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताए ।

उनले २१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा सञ्चालन हुने पनि जानकारी दिए । ‘२१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा हुन्छ । अहिले दबाव दिइरहेका छौं । विधेयकमा धेरै कुरा छुटेका छन् सुधार्नुपर्ने छ परिमार्जन गर्नुपर्ने छ ।’

Skip This
Skip This
Logo