आसाममाथि नेपालको सानदार जित, युवराजले लिए ४ विकेट

आसाममाथि नेपालको सानदार जित, युवराजले लिए ४ विकेट

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । नेपालको ‘ए’ टोलीले पाँच खेलको मैत्रीपूर्ण सिरिजमा भारतको आसाम राज्यमाथि सानदार जित दर्ता गरेको छ ।

एसीए क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो । नेपालको धारिलो बलिङसामू आसामका खेलाडीहरु क्रिजमा टिक्न सकेनन् ।

आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। उनले २४ बलमा १ चौका प्रहार गरे । शिवशंकर रोयले १६, आकाश सेनगुप्ताले १० रन बनाए । मिर्नमोय दत्तले ८ बलमा २ छक्कासहित १५ रन बनाए ।

बलिङमा नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। साथै वसिर अहमदले ३ विकेट लिँदा विवेक यादव, आकाश चन्द र कमल सिंह ऐरीले समान १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन जोडेको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनाल र पवन सर्राफले समान ३१ रन जोडे भने आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए । विवेक कुमार यादव २६ रनमा अविजित रहे।

आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए।

योसँगै सिरिजमा नेपालले एक/एकको बराबरी गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपाल आसामसँग डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो ।

Logo