काठमाडौं । नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थिङले चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण नेपालको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रका सन्दर्भमा उल्लेख भएका सन्दर्भमा आवश्यक निष्कर्ष निकाल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद थिङले इम्बोस्ड नम्बर प्लेट गुणस्तरीय नभएको जनगुनासो आइरहेकाले आवश्यक जानकारी दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग माग गरिन् । रास्वपाका सभापति रवि लामिछाने नै भिजिट भिषामा अमेरिका गएको र नेपाली नागरिकता त्याग गरेको सन्दर्भ जोड्दै सहकारी ठगी, नक्कली प्रमाणपत्रलगायत विषयमा आफ्नो धारणा राखिन् ।





























प्रतिक्रिया