काठमाडौँ

प्रधानमन्त्रीले संविधान विपरित प्रदेश सभामा सम्बोधन गरेको भन्दै राजपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले संविधानको धारा १८४ अनुसार ५ हजार जरिवाना हुनु पर्ने बताएका छन् । "/>

प्रधानमन्त्री ओलीलाई ५ हजार जरिबाना गर्नु पर्छ : वृषेशचन्द्र लाल

प्रधानमन्त्री ओलीलाई ५ हजार जरिबाना गर्नु पर्छ : वृषेशचन्द्र लाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्रीले संविधान विपरित प्रदेश सभामा सम्बोधन गरेको भन्दै राजपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले संविधानको धारा १८४ अनुसार ५ हजार जरिवाना हुनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान र संसदीय अभ्यास विपरित प्रदेश सभामा सम्बोधन गरेको र मर्यादा पालक हुँदाहुँदै अंगरक्षकलाई प्रदेश सभामा प्रवेश गराएर गम्भीर गल्ति गरेको उनले बताएका छन् ।

त्यसैगरी राजपा नेपालका सचेतक परमेशर साहले प्रधानमन्त्रीले देखाएको क्रियाकलाप भत्र्सना योग्य रहेको प्रक्रिया दिएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्नु अघि प्रदेश सभामा कुकुरद्वारा सुरक्षा जाँच गरिएको प्रति उनले आलोचना गरे ।

सचेतक साहले प्रधानमन्त्रीको बारेमा पार्टी भित्र कुनै छलफल नभए पनि आफूले विरोध गरेको बताए । मधेशी जनताको अपमान हुने गरी अभिव्यक्ति दिने प्रधानमन्त्रीको सम्बोधनलाई कुनै हालतमा सर्मथन गर्न सक्दैनौ, सचेतक साहले भने, ‘संविधान संशोधनमा रुचि नदेखाउने तथा आफ्ना कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता नलिए समर्थन गर्न सकिदैन ।’
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo