तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ भदौ १५ देखि भदौ २१ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता ऊर्जा, अवसर र केही चुनौती मिसिएको रहनेछ। धैर्य र विवेकले समस्या समाधान गर्न सकिनेछ । महिला मित्र वा परिचितको सहयोगले रोकिएका काम अगाडि बढ्नेछन्। कुनै नयाँ प्रोजेक्ट वा लगानीको लागि आवश्यक पूँजीको व्यवस्था अन्त्यसम्ममा मिल्ने सम्भावना छ । पारिवारिक जीवन रमाइलो रहनेछ, जीवनसाथीसँग सम्बन्ध मधुर हुनेछन्।

प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।व्यवसाय विस्तारको योजना सफल हुनेछ। साथीको सहयोग लाभदायी रहनेछ, तर पूर्ण भरोसा नगर्नु होला,मेहनतमा बल दिनु उत्तम हुनेछ। नयाँ रोजगारी अवसर खुल्न सक्छ।

नोकरीपेशा व्यक्तिहरूका लागि हप्ताको सुरुवात अलि संघर्षपूर्ण भए पनि उत्तरार्धमा स्थिति अनुकूल हुनेछ। विरोधी सक्रिय हुने भएकाले सतर्क रहनुपर्छ। व्यवसाय गर्नेहरूले राम्रो मार्केटिङको लाभ पाउनेछन्। साझेदारीमा लाभ हुने सम्भावना छ। पुरानो लगानी वा योजना बाट फाइदा मिल्नेछ। समाजमा सक्रियता बढ्नेछ र ठूलो समारोहमा सहभागी हुने अवसर मिल्नेछ।

स्वास्थ्यतर्फ मौसमी रोगले सताउन सक्छ। हृदयसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ। मध्य हप्तामा दबाब वा संकोचमा परेर कुनै निर्णय नलिनुहोस्। आवश्यक परे स्पष्ट रूपमा नाइ भन्न सक्नु आवश्यक छ। विद्यार्थीहरूले आलस्यबाट बचेर समय सदुपयोग गर्नुपर्नेछ। प्रतियोगिता वा परीक्षाको तयारी गर्नेहरूलाई मध्यम–उत्तम नतिजा मिल्ने संकेत छ।

उपाय- हरेक दिन हनुमान चालीसा सात पटक पाठ गर्नु लाभकारी हुनेछ।

वृष राशि

यो हप्ता पढाइ र सामाजिक प्रतिष्ठामा सुधार हुनेछ । आय बढ्ने सम्भावना छ, तर खर्च पनि बढी हुन सक्छ। पारिवारिक जीवन सामान्य, तर कहिलेकाहीँ विवाद उत्पन्न हुन सक्छ।यो हप्ता वृषभ राशिका लागि विशेष रूपले लाभकारी रहनेछ ।।सप्ताहको सुरुवात अत्यन्तै शुभ हुनेछ। संयमित भएर अगाडि बढेमा राम्रो परिणाम प्राप्त हुनेछ।

होटल तथा व्यवसायसँग सम्बन्धित मानिसहरूलाई विशेष लाभ हुने समय हो। मित्र तथा शुभचिन्तकको सहयोग प्राप्त हुनेछ। बालबालिकाले आफ्नो करिअरमा राम्रो प्रगति गर्नेछन्। तपाईँको नेतृत्व क्षमताको प्रशंसा हुनेछ। नोकरीपेशा व्यक्तिहरूलाई पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना छ। पुरै हप्ता जोश र मेहनतसहित काम गर्ने रहर जाग्नेछ। अफिसको काम घरमै गरेर पनि राम्रो प्रगति सम्भव हुनेछ। परिवारमा सुख-शान्ति रहनेछ। जीवनसाथी र सन्तानले तपाईंप्रति बढी अपेक्षा राख्नेछन्। बालबालिकाको पालनपोषणमा विशेष ध्यान दिन आवश्यक हुनेछ।

सामूहिक कार्यमा सामेल हुनु अघि सावधानी अपनाउनुहोस्, नत्र समस्या हुन सक्छ। सहकर्मीहरूसँग सम्बन्ध सुमधुर राख्नुपर्नेछ। अभिभावक वा बृद्धहरूको बोली चुभ्न सक्छ। विरोधीहरूले तपाईंलाई हानी पुर्‍याउने प्रयास गर्न सक्छ ।सप्ताहको उत्तरार्ध व्यापार वा बजारसँग सम्बन्धित मानिसहरूका लागि लाभदायी रहनेछ। बजारको तेजीबाट नाफा कमाउने अवसर मिल्नेछ।

आफन्त वा साथीहरूको सहयोगले तपाईंको आत्मबल बढ्नेछ।सप्ताहको सुरुवातमा कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्। अतिरिक्त कामको बोझ बढ्ने सम्भावना छ, त्यसैले काम गर्ने शैलीमा सुधार आवश्यक हुनेछ। आफ्नो जिम्मेवारी अरूको भरमा नछोड्नुहोस्, नत्र नतिजा नकारात्मक हुन सक्छ। खर्चमा नियन्त्रण राख्नुपर्छ, किनभने उत्तरार्धमा आयसँगै खर्च पनि बढ्नेछ ।

उपाय- प्रतिदिन श्रीसूक्तको पाठ गर्नु शुभ रहनेछ ।

मिथुन राशि

मिथुन राशि हुनेहरूको मन यस हप्तामा केही अस्थिर रहनेछ। कार्यक्षेत्रमा दबाब बढ्नेछ र करियरसँग सम्बन्धित ठोस निर्णय लिन कठिनाई आउन सक्छ। सहयोगी वा सहकर्मीहरूसँग धैर्यपूर्वक काम गर्नुपर्नेछ।

नोकरी पेशा व्यक्तिहरूले लक्ष्य पुरा गर्न सहकर्मी मात्र नभई विरोधीहरूसँग पनि तालमेल मिलाउनुपर्ने समय हुनेछ। सीनियर वा जुनियरबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। व्यवसायमा बजारमा फँसेको रकम निकाल्न समस्या आउन सक्छ। सप्ताहको मध्यतिर व्यवसायिक यात्राको योग छ। यदि जग्गा–जमिन वा सवारीसाधन खरिद गर्ने सोच छ भने शुभचिन्तकको सल्लाह लिनु उचित हुनेछ।

इन्जिनियर र टेक्निकल क्षेत्रमा काम गर्नेहरूलाई नयाँ सीप र प्रविधि सिक्ने अवसर मिल्नेछ।

सप्ताहको सुरुवात पारिवारिक सुख–शान्ति र उत्सवमय वातावरणमा हुनेछ। आफन्तसँग समय बिताउन पाउनुहुनेछ। रोकिएका कामहरू पूर्ण हुने सम्भावना छ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ तर जीवनसाथी तपाईंका लागि ठूलो सहारा बन्नेछन्। संतान पक्षसँग सम्बन्धित चिन्ता अन्त्यमा कम हुनेछ। गृहिणी महिलाको मन धार्मिक कार्यमा रमाउनेछ।

सप्ताहको मध्यतिर कामकाजी महिलालाई घर र करियरमा तालमेल मिलाउन कठिनाई हुनेछ। जग्गा–जमिन सम्बन्धी विवाद मिलाउन दौडधुप गर्नुपर्ने सम्भावना छ। आफ्नो योजना वा समस्या सबैसँग साझा नगर्नुहोस्, अरूले यसको दुरुपयोग गर्न सक्छन्।

उपाय- प्रतिदिन नारायण कवचको पाठ गर्नुहोस् र गणपति अथर्वशीर्षको पाठ गर्नु लाभदायक हुनेछ।

कर्कट राशि

यो सप्ताह कर्कट राशिका लागि मिश्रित तर लाभदायी रहनेछ। नयाँ सम्बन्धहरूको सुरुवात हुन सक्छ। तपाईंको सूझबूझ र बुद्धिमत्ताको प्रशंसा हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता सिद्ध गर्न अवसर प्राप्त हुनेछ। व्यवसायमा ठूला लगानीकर्ताको सहयोग प्राप्त हुने सम्भावना छ। योजनाबद्ध तरिकाले काम गर्नेहरूले राम्रो लाभ पाउनेछन्।

साहित्य वा कला क्षेत्रमा संलग्न व्यक्तिहरूलाई सम्मान वा पुरस्कार प्राप्त हुने योग छ। पुरानो आर्थिक घाटा पूरा गर्ने अवसर मिल्नेछ। जागिर खोजिरहेका व्यक्तिहरूलाई अवसर प्राप्त हुनेछ भने प्रतियोगी परीक्षामा उत्कृष्ट प्रदर्शन हुने सम्भावना छ।
पति/पत्नीबीच सम्बन्धमा मधुरता बढ्नेछ। प्रियजनसँग समय बिताउन सकिनेछ तर प्रेम सम्बन्धमा उतावला नबन्नुहोस्। पारिवारिक वातावरणमा अचानक परिवर्तन आउन सक्छ, जसलाई धैर्य र बुद्धिमत्ताले सम्हाल्न सक्नुहुन्छ।

सप्ताहको पूर्वार्धमा स्वास्थ्यमा समस्या आउन सक्छ। पुरानो रोग फेरि देखापर्न सक्छ वा चोटपटक लाग्ने सम्भावना रहन्छ। शरीरको स्वच्छता प्रति विशेष ध्यान दिनुहोस्। गाडी चलाउँदा अत्यन्त सावधानी अपनाउनुहोस्। विद्यार्थीहरूले फोनमा अत्यधिक समय खर्च नगर्नुहोस्, अन्यथा दिनचर्या बिग्रन सक्छ ।

अनावश्यक विश्वास नगर्नुहोस्, कसैले धोका दिन सक्छ। घरका बृद्ध महिलासँग वादविवाद नगर्नुहोस्। पिता वा वरिष्ठ सदस्यसँग वादविवाद हुनसक्छ। भूमि/भवन सम्बन्धी विवादलाई अदालतमा लैजाने भन्दा वार्ताबाट समाधान गर्ने प्रयास गर्नु राम्रो हुनेछ। विदेश यात्रा आवश्यक नभएसम्म स्थगित गर्नु उपयुक्त हुनेछ।

आर्थिक निर्णय सप्ताहको पूर्वार्धमै लिनु लाभदायी हुनेछ। कुनै पनि कारोबारी सम्झौतामा शुभचिन्तकको राय लिनुहोस्।

उपाय- शिव चालिसा वा शिवमहिम्न स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।

सिंह राशि

सप्ताहको सुरुवातमा आकस्मिक खर्च बढ्ने देखिन्छ । घरको मर्मत, सजावट वा विलासितासँग सम्बन्धित कुरामा खर्च गर्नुपर्ने हुन सक्छ जसले बजेटमा गडबडी ल्याउन सक्छ। आफ्ना शब्दमा नियन्त्रण राख्नु जरुरी हुनेछ, किनभने तपाईंको वाणीले नै सम्बन्ध सुधार्न वा बिगार्न सक्छ। यसैले सजिलै चिडचिड नबनी मिठासपूर्वक व्यवहार गर्नुहोस्।कार्यक्षेत्रमा वरिष्ठ र कनिष्ठ दुबैको सहयोग प्राप्त हुनेछ।

व्यवसायमा कहिले राम्रो नाफा त कहिले निराशा हुने अवस्था देखिन्छ। तर तपाईंको विवेक र चातुर्यले विरोधीहरूलाई परास्त गर्न सक्नुहुनेछ। रियल एस्टेटसँग सम्बन्धित कारोबारमा लाभ हुने सम्भावना छ। अड्किएको धन फिर्ता पाउन सकिनेछ। पढाइमा संलग्न विद्यार्थीको प्रदर्शन राम्रो हुनेछ।परिवारतर्फबाट जिम्मेवारी बढ्नेछ। वरिष्ठ सदस्यको सल्लाहले समस्या समाधानमा मद्दत हुनेछ। आमा-बुबाको विशेष कृपा प्राप्त हुनेछ र उनीहरूले आवश्यक परेको बेला आर्थिक सहयोग पनि गर्न सक्नेछन्। सन्तानतर्फबाट सुखद समाचार पाइनेछ।

दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ, प्रेमीका/प्रेमीसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्नेछ। परिवारभित्र आपसी प्रेम र समझदारी बढ्नेछ।धनलाभको संभावना छ। परिवारिक जीवन सामान्य रहनेछ। कार्यका सिलसिलामा यात्रा सम्भावना। खर्च बढ्न सक्छ । भाइ/बहिनी विदेश यात्रामा जाने बिचार गर्न सक्छन्।

कामहरू दोहोर्‍याएर पूरा गर्न सकिनेछ । तर अत्यधिक भागदौडका कारण थकान, तनाव वा स्वास्थ्यमा समस्या आउन सक्छ। महिलाहरूमा थायराइडजस्ता रोगको सम्भावना रहन सक्छ। पर्याप्त आराम र निद्रामा ध्यान दिनुहोस्।

उपाय: प्रत्येक दिन सूर्यदेवलाई अर्घ्य चढाउनुहोस् र आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस्।

कन्या राशि

यो सप्ताह उन्नतिकारक र फलदायी रहनेछ । जीवनका प्रत्येक क्षेत्रमा सौभाग्यको साथ मिल्नेछ। परिवार र बाह्य समाज दुवैबाट समर्थन र सहयोग प्राप्त हुनेछ। अड्किएका कामहरू सम्पन्न हुनेछन्। जागिरे व्यक्तिहरूलाई कार्यक्षेत्रमा सीनियरहरूको मद्दतले समस्याबाट राहत मिल्नेछ र अधिकारी वर्ग तपाईंको कामबाट सन्तुष्ट रहनेछन्।

सप्ताहको मध्यमा न्यायालय वा कानुनी मामिलासम्बन्धी समस्या समाधान हुने सम्भावना छ। विरोधीहरू कमजोर हुनेछन् र तपाईंको प्रभाव बलियो बन्नेछ। उत्तरार्धमा जागिरेहरूको लागि नयाँ आम्दानीका स्रोत खुल्नेछन्। विदेशसँग सम्बन्धित काममा विशेष लाभ प्राप्त हुन सक्छ। जग्गा-जमिन वा भवन खरिद–बिक्रीको दृष्टिले पनि यो समय शुभ रहनेछ।

विद्यार्थीहरूको मन पढाइमा रम्नेछ र मेहनतको पूरा फल पाउनेछन्। प्रेम सम्बन्धमा अनुकूलता रहनेछ भने वैवाहिक जीवनमा पति–पत्नीबीच तालमेल र आपसी प्रेम बढ्नेछ। परिवारमा पनि सुख–शान्ति कायम रहनेछ।कारोबार विस्तारका लागि केही जोखिम लिन सकिनेछ तर शुभचिन्तकहरूको सल्लाह लिनु जरुरी हुनेछ। लामो दूरीको यात्रा लाभकारी बन्न सक्छ।

समाजसेवा वा राजनीतिसँग संलग्न व्यक्तिहरूलाई सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। सन्तानतर्फबाट सफलता र सुखद समाचार पाइनेछ।तर सप्ताहको मध्यभाग सामान्य चुनौतीपूर्ण बन्न सक्छ। अज्ञात भयले मन अशान्त बनाउन सक्छ। अधीनस्थ कर्मचारीहरूसँग नरम तर सजग भएर व्यवहार गर्नुहोस्। बालबालिकामा स्वास्थ्य समस्या आउन सक्छ। विवाहसम्बन्धी निर्णयमा हतार नगर्नुहोस् र झूट बोल्नबाट बच्नुहोस्। कागजी काम सावधानीपूर्वक गर्नुहोस्।

उपाय- प्रतिदिन गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्।

तुला राशि

तुला राशिका लागि यो सप्ताह उतार–चढावपूर्ण रहनेछ । सप्ताहको सुरुवातमा करियर र कारोबारसँग सम्बन्धित केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। घर वा बाहिर दुबै क्षेत्रमा काम गर्दा सावधानी अपनाउनु आवश्यक हुनेछ। समयको सदुपयोग गर्दै योजनाबद्ध ढंगले अघि बढेमा अनुकूलता पाइनेछ, अन्यथा अनावश्यक समस्या आउन सक्छ।

ठूलो काम गर्दा जोखिमपूर्ण निर्णय लिनु हानिकारक बन्न सक्छ, त्यसैले आवश्यक परे कामलाई पछि सार्नु नै उत्तम हुनेछ।व्यवसायमा छोटो फाइदाका लागि दीर्घकालीन घाटा बेहोर्न सकिने काम नगर्नुहोस्। नयाँ काम गर्ने सोच छ भने विशेषज्ञको राय लिनुहोस्। प्रेम सम्बन्धलाई मजबुत बनाउन प्रेमी–प्रेमिकाको भावनाको कदर गर्नुहोस् र आफ्नो विचार जबर्जस्ती थोपर्ने प्रयास नगर्नुहोस्। वैवाहिक जीवनमा सहयोग र सामञ्जस्य कायम रहनेछ।परिवारको जिम्मेवारी बढ्नेछ। बेरोजगार विद्यार्थीहरूले इन्टरभ्युमा राम्रो प्रदर्शन गर्ने सम्भावना छ।

सामाजिक घेरो विस्तार हुनेछ र उपलब्धिहरूप्रति गर्व अनुभव हुनेछ। दैनिक जीवनमा राम्रो बानीहरू अपनाउन सकिनेछ। सन्तानको करियरमा नयाँ अवसर प्राप्त हुने योग छ। धार्मिक गतिविधि वा चर्चामा सहभागी हुँदा आत्मिक सन्तोष प्राप्त हुनेछ। अरूको समस्या समाधान गर्न सकिनेछ। तर आत्मविश्वासमा केही कमी आउन सक्छ। पिताको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। चापलुसी गर्ने व्यक्तिहरूबाट सजग रहनुहोस्, उनीहरूले ठूलो घाटा पुर्‍याउन सक्छन्। उच्च पदस्थहरूले अधीनस्थ कर्मचारीहरूप्रति अन्धविश्वास नगर्नु उचित हुनेछ।

विवाहबाहेकका सम्बन्धबाट टाढा रहनुहोस्। मेडिकल क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई अकस्मात् कामको दबाब बढ्न सक्छ। सप्ताहान्तमा प्रेम सम्बन्धमा भावनात्मक उतार–चढाव आउने सम्भावना छ।यस सप्ताह आर्थिक पक्षमा सुधार देखिनेछ। लामो समयदेखि बाँकी रहेका बिल र ऋण तिर्ने अवसर प्राप्त हुनेछ जसले मानसिक शान्ति र आर्थिक सन्तुलन ल्याउनेछ। तर अहिले ऋण वा उधारोमा पैसा दिनु उचित हुनेछैन।

उपाय- प्रतिदिन १०८ पटक “ॐ भार्गवाय नमः” मन्त्रको जप गर्नुहोस्।

वृश्चिक राशि

यो सप्ताह आर्थिक दृष्टिले लाभकारी रहनेछ । आम्दानीमा वृद्धि हुने संकेत छन्, जसले तपाईंको वित्तीय स्थिति मजबुत हुनेछ। कमाएको धन लाभकारी योजना वा लगानीमा पुनः लगाउने विचार गर्न सकिन्छ। लगानी अघि सबै आवश्यक जानकारी संकलन गर्नु जरुरी छ।

आवश्यक परे विशेषज्ञ वा अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्, ताकि प्रयास सुरक्षित र सफल रहोस्।पारिवारिक जीवनमा राहत र सामञ्जस्य रहनेछ। कार्य वा पढाइका कारण परिवारबाट टाढा हुनु भए पनि यस समय उनीहरूको सहयोगले धेरै समस्या समाधान हुनेछ। संवाद कौशल प्रयोग गरी आफ्ना विचार र भावना व्यक्त गर्न सकिनेछ। यसले परिवार र सामाजिक जीवनमा शान्ति र सद्भाव स्थापना गर्न सहयोग गर्नेछ।

व्यापार र पेशागत क्षेत्रमा पनि अनुकूलता रहनेछ। व्यापारी जातक साथी वा सहयोगीको मद्दतले लाभकारी लगानी निर्णय गर्न सक्नेछन्। तर छिटो निर्णय नगर्नुहोस्, सोच–बुझेर कदम चाल्नु आवश्यक छ। अनुभव र विवेकले फाइदा दिनेछ।सप्ताहको सुरुवातमा कार्यक्षेत्रमा सावधानी अपनाउनुपर्छ। विरोधी सक्रिय भएर तपाईंको काममा बाधा पुर्‍याउने प्रयास गर्न सक्छन्। स्वास्थ्यमा पनि समस्या आउन सक्छ, पुरानो रोग वा मौसमी समस्या देखा पर्न सक्छ।

आर्थिक चिन्ता पनि बढ्न सक्छ । उत्तरार्धमा खर्च बढी भएर वित्तीय असन्तुलन हुन सक्छ। आकस्मिक खर्चले गर्दा उधारो लिनुपर्ने अवस्था आउन सक्छ। कानुनी विवाद भएमा झगडा नगरी वार्ता मार्फत समाधान गर्ने प्रयास गर्नु लाभदायी हुनेछ।नोकरीपेशा व्यक्तिका लागि ठूलो परिवर्तन नभए पनि प्रेम सम्बन्धमा सावधानी अपनाउनु पर्छ। जीवनसाथीको स्वास्थ्य वा ससुरालसँग सम्बन्ध बिग्रिन सक्छ।

उपाय- प्रतिदिन हनुमानजीको विधि-विधान अनुसार पूजा गर्नुहोस् र बजरंग बाणको पाठ गर्नु लाभदायी हुनेछ।

धनु राशि

यो सप्ताह धनु राशिका लागि निकै व्यस्त रहनेछ । आकस्मिक रूपमा अतिरिक्त कामको बोझ आउन सक्छ, जसलाई व्यवस्थापन गर्न तपाईंले बढी समय र मेहनत खर्च गर्नु पर्नेछ। यसले तपाईंको दिनचर्या र खानपानमा प्रभाव पार्नेछ ।

सप्ताहको प्रारम्भमा घरेलु समस्याहरू नयाँ रूपले देखा पर्न सक्छन्। तनाव लिनु भन्दा धैर्य र विवेकका साथ समस्याहरू समाधान गर्नु लाभदायी हुनेछ। सप्ताहको मध्यमा आकस्मिक रूपमा लामो वा छोटो यात्रा हुन सक्छ। यात्रा सुखद हुनेछ र नयाँ सम्बन्ध र अवसरहरू ल्याउनेछ। यस समयमा सत्ता र सरकारी निकायसँग नजिकको सम्बन्ध बढ्न सक्छ, जसले भविष्यमा लाभदायी योजनामा सहभागी हुने अवसर दिन सक्छ।

सप्ताहको उत्तरार्धमा व्यवसायमा केही चुनौतीहरू देखा पर्न सक्छन्। बजारमा मन्दी वा आर्थिक अस्थिरता देखिन सक्छ। यसैले जोखिमपूर्ण लगानीबाट बच्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ। प्रेमी–प्रेमिकासँग सम्बन्ध सहज रहनेछ र मेलमिलापका अवसरहरू प्राप्त हुनेछन्। जीवनसाथीसँग प्रेम र सामञ्जस्य कायम रहनेछ।निवेशबाट अपेक्षित लाभ नपाउन सक्छ, तर यसले अनुभव र सन्तोष प्रदान गर्नेछ।

यस समय तपाईंलाई व्यापारिक निर्णय र लगानी रणनीतिमा पुनर्विचार गर्ने अवसर मिल्नेछ। सही योजना र रणनीति अपनाएमा छिट्टै आर्थिक वृद्धिका अवसरहरू आउन सक्छन्।घरेलु क्षेत्रमा साना–साना समस्या आउन सक्छन्। पारिवारिक शान्ति कायम राख्न संवादमा संयम र विवेक अपनाउनु आवश्यक छ। परिवारसँग कुरा गर्दा शब्दको चयन सोच–बुझेर गर्नुहोस् ताकि कुनै गलतफहमी वा विवाद नहोस्।

कार्यस्थल र करियर दृष्टिले चुनौतीपूर्ण सप्ताह हुन सक्छ। उत्साह र ऊर्जा घट्नाले काममा ढिलाइ वा अनियमितता आउन सक्छ। ऊर्जा र प्रेरणा पुनः प्राप्त गर्न पुस्तक पढ्न, ध्यान गर्न वा मनपर्ने संगीत सुन्न लाभदायी हुनेछ।

उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूको लागि यो सप्ताह तनावपूर्ण रहन सक्छ। अनावश्यक शंका र चिन्ताबाट टाढा रहनुहोस्। आवश्यक परे पेशेवरबाट मार्गदर्शन लिनुहोस् वा योग्य पाठ्यक्रममार्फत क्षमता र ज्ञान बढाउनुहोस्। अहंकारबाट टाढा रहनुहोस्, अन्यथा परिवार र मित्रहरूसँग सम्बन्धमा दरार आउन सक्छ। निर्णय सोच–विचार गरेर लिनु लाभदायी हुनेछ।

उपाय- प्रतिदिन केसरको तिलक लगाउनुहोस् र श्री विष्णु सहस्त्रनामको पाठ गर्नु लाभदायी हुनेछ।

मकर राशि

यो साता आकर्षण र प्रभावमा वृद्धि हुनेछ, तर अभद्र भाषा हुँदा विवाद गर्न सक्छ। यो सप्ताह तपाईंका पुराना लगानीबाट अपेक्षित लाभ प्राप्त हुने सम्भावना छ, जसले तपाईंको आर्थिक अवस्था सुधार्नेछ।

यदि तपाईंले पहिले कुनै गाडी वा अन्य महँगो चीज किन्न विचार गर्नुभएको थियो भने, यस समय त्यस अधुरो योजनालाई पूरा गर्न सकिनेछ। तर कुनै पनि महत्वपूर्ण खरिद अघि परिवारका वरिष्ठ सदस्यसँग सल्लाह गर्नु लाभदायी हुनेछ, ताकि निर्णय सुरक्षित र सन्तुलित होस्।सामाजिक र पारिवारिक जीवनमा यो सप्ताह शुभ रहनेछ।

समाजमा तपाईंको मान-सम्मान बढ्नेछ र तपाईंका प्रयासहरूलाई सराहना गरिनेछ। यद्यपि, यस दौरान दाजुभाइ वा बहिनीको स्वास्थ्य कमजोर रहन सक्छ, जसका लागि केही खर्च गर्नुपर्ने हुन सक्छ। पारिवारिक जिम्मेवारी सही ढंगले पूरा गर्दा घरमा प्रतिष्ठा र मान-सम्मान बढ्नेछ।

करियर र कार्यक्षेत्रको दृष्टिले यो सप्ताह लाभदायी रहनेछ। चन्द्रमा राहुको तेस्रो भावमा भएकोले, विदेशमा कार्यरत व्यक्तिहरूलाई पदोन्नति वा लाभ प्राप्त हुने सम्भावना प्रबल छ। वरिष्ठ अधिकारीहरूले तपाईंको कामको सराहना गर्नेछन् र सहकर्मीहरू सहयोगका लागि तत्पर रहनेछन्। यस समयमा कार्यक्षेत्रमा तपाईंका प्रयास र मेहनतको प्रत्यक्ष लाभ देखिनेछ।शिक्षा र अध्ययनमा ध्यान दिन आवश्यक छ।

सप्ताहभर टिभी वा अन्य मनोरञ्जनमा धेरै समय बिताउनु हानिकारक हुनेछ। यसले पढाइमा ध्यान कम हुने र आँखामा तनाव उत्पन्न हुने सम्भावना छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो परीक्षा र अध्ययनमा नियमितता कायम राख्नुपर्छ।यो सप्ताह सामान्यतया लाभप्रद र सुख-सफलताले भरिपूर्ण रहनेछ। विभिन्न स्रोतबाट लाभ प्राप्त हुनेछ र आम्दानीका नयाँ साधन खुल्नेछन्।

सुख-सुविधासँग सम्बन्धित खर्च गर्न सकिनेछ। सप्ताहको सुरुवातमा लामो दूरीको यात्रा हुनेछ, जसले करियर र व्यवसायका लागि लाभ र खुशी ल्याउनेछ।सप्ताहको मध्यमा कार्य अधिक सूझबूझका साथ गर्नुपर्छ। अरूको भरोसा गरेर आफ्नो काम नछोड्नुहोस्। इष्ट मित्रबाट अपेक्षित सहयोग र सामान्य लाभ प्राप्त हुने सम्भावना छ।

आर्थिक अवस्था बलियो बनाउने अवसर प्राप्त हुनेछ। सप्ताहको उत्तरार्धमा ठूलो व्यावसायिक सम्झौता गर्न सकिनेछ। सम्बन्ध र प्रेममा मजबुती आउनेछ। दांपत्य जीवनमा मिठास रहनेछ। सन्तानसँग सम्बन्धित कुनै ठूलो चिन्ता हट्नेछ।

उपाय- प्रतिदिन शिवको उपासना गर्नुहोस् र रुद्राष्टकंको पाठ गर्नु लाभदायी हुनेछ।

कुम्भ राशि

यो सप्ताह मिश्रित फलदायी रहनेछ । कार्यस्थलमा तपाईंको राम्रो प्रदर्शन हुनेछ र विचारको सराहना गरिनेछ। करियरमा प्रगति हुने सम्भावना छ। यो सप्ताह तपाईंको जीवनमा नयाँ र आकर्षक लगानीका अवसरहरू देखा पर्न सक्छन्। तर कुनै पनि लगानीमा जल्दीबाजी वा अधूरो जानकारीको आधारमा कदम चाल्नु हानिकारक हुन सक्छ।

प्रत्येक योजना वा अवसरको गहिरो अध्ययन गर्नु अत्यावश्यक छ। आफ्नो धन लगानी गर्नु अघि पूर्ण सन्तुष्टि र जोखिम मूल्याङ्कन गर्नु लाभदायी हुनेछ। यसरी अप्रत्याशित क्षति र अनावश्यक जोखिमबाट जोगिन सकिनेछ।

यदि यो सप्ताह तपाईंलाई कुनै महत्वपूर्ण वित्तीय वा व्यक्तिगत निर्णय लिनु पर्छ भने अन्तिम निर्णय लिनुअघि परिवारका वरिष्ठ सदस्यको सल्लाह लिनुहोस्। उनीहरूको अनुभव र मार्गदर्शनले तपाईंको निर्णयलाई सन्तुलित बनाउनेछ र सम्भावित समस्याहरू घटाउनेछ। पारिवारिक सहयोग र सामंजस्य कायम राख्नु यस सप्ताह विशेष रूपमा आवश्यक हुनेछ।

कार्यस्थलमा तपाईंको व्यवहार पनि महत्वपूर्ण रहनेछ। अत्यधिक बोल्नु वा अनावश्यक कुरा गर्नुले अवस्था जटिल बनाउन सक्छ। त्यसैले संवाद गर्दा संयम र सावधानी अपनाउनुहोस्। कुनै बहस वा विवादमा नपर्नुहोस्। तपाईंको शान्त र सन्तुलित सोचले कार्यक्षेत्रमा सकारात्मक प्रभाव कायम राख्न सहयोग गर्नेछ।

शिक्षा र करियरको क्षेत्रमा, यदि तपाईं विदेश वा प्रतिष्ठित शैक्षिक संस्थानमा प्रवेशको प्रयास गर्दै हुनुहुन्छ भने ग्रह-नक्षत्रको प्रतिकूल प्रभावका कारण सफलता तुरुन्त नआउला। यद्यपि, यो समय प्रयासलाई सतर्कता र धैर्यका साथ अघि बढाउने हो।

उचित योजना र ध्यानपूर्वक प्रयासले लामो समयमा लाभ पुर्‍याउनेछ।सप्ताहको पूर्वार्धमा कामकाजका लागि लामो वा छोटो दूरीको यात्रा हुन सक्छ। मध्य सप्ताह करियर-व्यवसायका दृष्टिले केही राहत दिनेछ। बजारमा आएको तेजीको लाभ उठाउन सकिनेछ। पारिवारिक समस्यामा केही हदसम्म समाधान आउनेछ।

माता-पिता प्रेम र आशीर्वाद दिनेछन्।विद्यार्थीहरूका लागि सप्ताहको उत्तरार्ध सकारात्मक रहनेछ। प्रेम प्रसंगमा सावधानी अपनाउनुहोस् र लव पार्टनरमा आफ्नो इच्छा नथोप्नुहोस्। जीवनसाथीको सहयोग र समर्थनमा केही कमी देखिन सक्छ। वाहन सावधानीपूर्वक चलाउनुहोस् र हतियारबाट टाढा रहनुहोस्।

उपाय- प्रतिदिन हनुमान जीको पूजा गर्नुहोस् र बजरंग बाणको पाठ गर्नु लाभदायी हुनेछ ।

मीन राशि

यो सप्ताह शुभता र सौभाग्य लिएर आएको छ । यस सप्ताह जीवनका हरेक क्षेत्रमा तपाईंलाई भाग्यको साथ मिल्नेछ। लामो समयदेखि अटकेका काममा गति आउनेछ। सोचिएका कार्य समयमै सम्पन्न हुने भएकाले तपाईंको भित्र सकारात्मक ऊर्जा र आत्मविश्वास बढ्नेछ।

पूरा सप्ताह तपाईंलाई घर र बाहिर दुबै स्थानमा मानिसहरूको सहयोग प्राप्त हुनेछ। सप्ताहको शुरुआतमा करियर-व्यवसायका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। यात्रा सुखद र लाभदायी हुनेछ। सप्ताहको मध्यमा नयाँ सम्पत्ति किन्न सकिने योग बनिरहेका छन्। पैतृक सम्पत्ति प्राप्तिमा आएका अड्चनहरू हट्नेछन्। यदि तपाईंको कुनै मुद्दा अदालतमा छ भने विरोधी स्वयं सम्झौताको पहल गर्न सक्छन्। यस्तो अवस्थामा नरम रुख अपनाउँदै सम्झौता गर्नु लाभदायी हुनेछ।

माता-पिताबाट विशेष सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आदर-सम्मान कायम रहनेछ। लभ पार्टनरसँग नजिकियत बढ्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ। सप्ताहको उत्तरार्धमा अचानक परिवारसँग पिकनिक वा पर्यटनको योजना बन्न सक्छ।पूरा सप्ताह उपलब्धिहरूले भरिपूर्ण रहनेछ। विलासिता र सुविधामा धन खर्च हुनेछ। भविष्यका लागि योजना बनाइनेछ। व्यवसायमा अपेक्षाभन्दा बढी लाभ प्राप्त हुनेछ।

आत्मविश्वास बढ्नेछ। जीवनसाथीको सहयोगले तपाईंको चिन्ता कम गर्नेछ। परिवारसँग किनमेल वा घुमफिरमा जाने अवसर मिल्नेछ। नयाँ सोच र कार्यशैलीबाट लाभ हुनेछ। समाजमा तपाईंको यश र सम्मान बढ्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूले तपाईंको कामको सराहना गर्नेछन्।सप्ताहको शुरुआतमा अनावश्यक यात्रा गर्नुपर्ने हुन सक्छ।

केही परिवारका सदस्य तपाईंबाट रिसाउन सक्छन्। अरूको सल्लाहभन्दा आफ्ना विचारलाई प्राथमिकता दिनु राम्रो हुनेछ। रक्तचाप र मधुमेहका बिरामीहरूले सतर्क रहनु पर्छ। सोमवारको दिन टाउको दुखाइको समस्या हुन सक्छ। तपाईं अलिकति भावुक बन्न सक्नुहुन्छ। परिवारमा केही समस्याहरू देखिन सक्छन्।

उपाय- प्रतिदिन सूर्यदेवलाई जल अर्पण गर्नु शुभ हुनेछ।

Skip This
Skip This
Logo