काठमाडौँ
सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । "/>

प्रकाण्डलाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाण्डलाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले आज विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर गरेका थिए ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेका थिए । विश्वकर्मालाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।
रासस

Logo