आपुर्तीमन्त्री कालिमाटी तरकारी बजारमा, ब्यबसायी संघका अध्यक्ष पक्राउ

आपुर्तीमन्त्री कालिमाटी तरकारी बजारमा, ब्यबसायी संघका अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव अहिले कालिमाटी फलफूल तथा तरकारी बजार पुगेका छन् । सोमबार बिहान अनुगमन गर्न पुगेका सरकारी टोलीलाई व्यवसायीले नियन्त्रणमा लिएपछि मन्त्री यादव, सचिव, आपूर्तिका महानिर्देशक, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका हुन्।

प्रहरीले कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेका छन् । प्रहरीले अध्यक्ष खतिवडालाई पक्राउ गरेपछि अन्य व्यवसायीहरु भने भागेका भएका छन्। आज बिहान व्यवसायीले अनुगमन टोलीलाई करिब ४ घण्टा बजारभित्रै थुनेका थिए ।

टोलीलाई प्रहरीले ‘स्कटिङ’ गरेर बजारबाट बाहिर निकालेको थियो । अनुगमनका क्रममा बिलबिजक नभएका २ वटा ट्रकसमेत नियन्त्रणमा लिइएको थियो । फर्सी र काक्रो बोकेको उक्त ट्रकहरु नियन्त्रणमा लिएपछि ब्यापारीहरुले नाराबाजी गरेका थिए । ना ४ च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई प्रहरीले नियन्त्रमा लिएको छ । बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार छन् ।

Skip This
Skip This
Logo