लक्ष्मी इलेक्ट्रोटेकद्वारा वार्षिक ह्वीर्लपुल ‘पार्टनर्स मिट २०२५’ आयोजना

लक्ष्मी इलेक्ट्रोटेकद्वारा वार्षिक ह्वीर्लपुल ‘पार्टनर्स मिट २०२५’ आयोजना

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौंमा आफ्नो वार्षिक ह्वीर्लपुल ‘पार्टनर्स मिट २०२५’ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए।

कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको ह्वीर्लपुल लिमिटेडका निर्देशक-कि अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसायी हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरे। कार्यक्रमका क्रममा ह्वीर्लपुलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रदर्शन गरेको थियो।

साे अवसरमा अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै ह्वीर्लपुलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत विश्वस्तरीय उपकरणहरू पुर्‍याउन प्रतिबद्ध रहेको बताए।

यसैगरी हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न आफूहरू उत्साहित रहेको बताए।

लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो। त्यस्तै, ह्वीर्लपुल अफ इन्डिया विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो।

Skip This
Skip This
Logo