अमेरिकाबाट थप ३७ जना नेपाली डिपोर्ट

अमेरिकाबाट थप ३७ जना नेपाली डिपोर्ट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको कानुन उल्लंघन गरेका थप ३७ जना नेपाली डिपोर्टमा परेका छन् ।

उनीहरूलाई बुधबार चार्टर्ड जहाजबाट काठमाडौं पठाइएको छ । अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । निष्कासित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाई गरेपछि पछिल्लो पटक अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू धमाधम निष्कासन हुन थालेका छन्।

Logo